पत्रकार कुट्ने मालपोतका खरिदार पक्राउ
झापा : पत्रकार खगेन्द्र घिमिरेमाथि कुटपिट गर्ने दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ।
पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि खरिदार राजवंशीलाई आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मंगलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग्राही सुरेश साहबाट खरिदार राजवंशीले काम गरिदिने भन्दै रु १० हजार घुस दिएको भिडियो खिचिरहेका अनुसन्धान अनलाइनका पत्रकार खगेन्द्र घिमिरे र क्यामेराम्यान भास्कर श्रेष्ठमाथि हातपात गरेको आरोप छ।
मंसिर १९, २०७७ शुक्रबार १५:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।