कांग्रेस पदाधिकारी बैठक आज, तनहुँ घटनाबारे छलफल हुने 

कांग्रेस पदाधिकारी बैठक आज, तनहुँ घटनाबारे छलफल हुने 

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (शुक्रबार) बस्दै छ।

बुढानीलकण्ठस्थित देउवानिवासमा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार र गिरफ्तारीबारे छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

गृहजिल्ला तनहुँको व्यास नगरपालिका १, १० र ११ जोड्ने तालघरे–दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्न गएका नेता पौडेललाई बुधबार दिउँसो प्रहरीले निषेधाज्ञा तोडेको भन्दै तीन घन्टा नियन्त्रणमा राखेको थियो। 

उक्त घटना ‘सर्वसत्तावादको संकेत’ भएको भन्दै कांग्रेसले विरोध जनाएको थियो। 

मंसिर १९, २०७७ शुक्रबार ०८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।