सरकारविरुद्ध विराटनगरमा प्रदर्शन

सरकारविरुद्ध विराटनगरमा प्रदर्शन

विराटनगर : नेपाली कांग्रेसले सरकारविरुद्ध विराटनगरमा प्रदर्शन गरेको छ। कांग्रेस महानगरसमितिको अगुवाईमा प्रदर्शन गरिएको हो। 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीको विरोध गर्दै नेपाली कांग्रेसका नेता कार्यकर्ताले सिठ्ठी बजाउँदै नाराबाजी गरेका थिए।

प्रदर्शनकारीहरूले ‘अधिनायकवादी सरकार मुर्दावाद’, ‘भ्रष्ट प्रधानमन्त्री राजीनामा दे’ जस्ता नारा लगाएका थिए। विराटनगरको बुध हाटबाट सुरू भएको प्रदर्शन शनसरी माइस्थानमा पुगेर समापन भएको थियो।  

मंसिर १८, २०७७ बिहीबार २०:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।