देउवाले आकस्मिक बोलाए पदाधिकारी बैठक

देउवाले आकस्मिक बोलाए पदाधिकारी बैठक

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार र गिरफ्तारीको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

घटनाका सम्बन्धमा छलफल गर्न सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन्। 

बुढानीलकण्ठस्थित देउवानिवासमा शुक्रबार दिउँसो २ बजे पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

गृहजिल्ला तनहुँको व्यास नगरपालिका– १, १० र ११ जोड्ने तालघरे–दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्न गएका नेता पौडेललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरी तीन घन्टा नियन्त्रणमा राखेको थियो। 

बुधबार साँझ कांग्रेस सभापति देउवाले विज्ञप्ति जारी गर्दै नेता पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको बताएका थिए। 

मंसिर १८, २०७७ बिहीबार १८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।