डाक्टर केसी २१ दिनमा कोरोना मुक्त
काठमाडौं : चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी कोरोना संक्रमण मुक्त भएका छन्।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा. केसी २१ दिनमा कोरोना संक्रमण मुक्त भएका हुन्।
डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार केसी भर्खरै अस्पतालबाट डिस्चार्ज भएका छन्।
अस्पतालका डा. सन्तकुमार दासका अनुसार केसीको बुधबार गरिएको पिसिआर परीक्षणमा दोस्रो रिर्पोट नेगेटिभ आएको छ।
दासका अनुसार कोरोना संक्रमणका कारण केसीलाई निमोनियासमेत भएको थियो। उनलाई रेमडिसिभिर, डेक्सोना र एन्टीकोस्सेजन चलाइएको चिकित्सकले बताएका छन्।
डा. केसीलाई कार्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
मंसिर १८, २०७७ बिहीबार १८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।