ओली नेतृत्वको सरकारविरुद्ध मन्त्रीद्वारा रिट दायर

ओली नेतृत्वको सरकारविरुद्ध मन्त्रीद्वारा रिट दायर

काठमाडौं : प्रदेश २ सरकारले केपी शर्मा ओली नेतृत्वको संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

बिहीबार प्रदेश नं २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सरकारबिरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरी पाउँ भन्दै रिट दायर गरेका हुन्।

उनले संघीय सरकारले प्रदेशको अधिकार कटौली गरेको भन्दै उत्प्रेषण आदेश पाउन माग गर्दै रिट दायर गरेका छन्। 

प्रदेश सरकारले संघीय सरकारबाट अधिकार कटौती भएको भन्दै विरोध गर्दै आएका छन्।

मंसिर १८, २०७७ बिहीबार १७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।