विवेकशीलका १३ सदस्य एकता प्रक्रियामा सहभागी नहुने

विवेकशीलका १३ सदस्य एकता प्रक्रियामा सहभागी नहुने

काठमाडौं : विवेकशील नेपाल दलका  १३ जना संघीय समिति सदस्य साझासँगको एकतामा सहभागी नहुने भएका छन्।

दुईजना पदाधिकारीसहित १३ जनाले एकता प्रक्रियामा सहभागी नहुने जनाएका छन्।

विवेकशीलकी उपाध्यक्ष अजीता राई र सचिव (कार्यालय व्यवस्थापन) संगीता बटाजुलगायत १३ संघीय समिति सदस्यले अब बन्ने विवेकशील साझा पार्टीमा सहभागी नहुने निर्णय गरेका हुन्।

बिहीबार संयुक्तरुपमा विज्ञप्ति प्रकाशित गर्दै यस्तो घोषणा गरेका छन्। अब बन्ने विवेकशील साझालाई शुभकामना व्यक्त गर्दै दुई दलबीचको मतभिन्नताका विषयलाई नटुङ्ग्याइ गरिएको एकतामा सहभागी हुन नसक्ने उनीहरुले बताएका छन्।

पार्टी दर्ताका लागि आफुहरुको विचारसँग सहमत हुनेहरु बीच छलफल गरी छिट्टै अगाडि बढ्नेसमेत उनीहरुले बताएका छन्।

विवेकशीलको संघीय समितिमा जम्मा ३५ जना रहेका छन् । जसमा १३ जनाले एकतामा सहभागी नहुने भएपछि अब २२ जनामात्रै विवेकशील साझामा रहनेछन् ।

रवीन्द्र मिश्र अध्यक्ष र मिलन पाण्डे संयोजक हुने गरी साझा र विवेकशीलबीच एकता गर्ने सहमति भइसकेको छ ।
एकता प्रक्रियामा सहभागी नहुनेहरु

१. अजीता राई – उपाध्यक्ष
२. संगीता बाटाजु – सचिव (कार्यालय व्यवस्थापन)
३. कर्मा लामा तामाङ – संघीय समिति सदस्य
४. छिरिंग तामाङ – संघीय समिति सदस्य
५. विजय बाबु शिवाकोटी – संघीय समिति सदस्य
६. जेसन बैद्य – संघीय समिति सदस्य
७. शिशिर राई – संघीय समिति सदस्य
८. जमाल अली – संघीय समिति सदस्य
९. आशीष राई – संघीय समिति सदस्य
१०. ज्ञानेन्द्र निरौला – संघीय समिति सदस्य
११. साधना थुलुङ्ग राई – संघीय समिति सदस्य
१२. शशिविक्रम कार्की – संघीय समिति सदस्य
१३. आलोक सुवेदी – संघीय समिति सदस्य

मंसिर १८, २०७७ बिहीबार ११:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।