कैलालीमा जन्ती बोकेको जिप दुर्घटना, बेहुला–बेहुलीसहित १३ घाइते
धनगढी : कैलालीको गोदावरीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति बैतडीबाट जन्ती बोकेर कञ्चनपुरको बेलौरीतर्फ गइरहेको सुपप्र०१००१ज १२५४ नम्बरको विंगर जिप गोदावरी नगरपालिका-४ स्थित भीमदत्त राजमार्गमा दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा परी कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय दुलाहा गोविन्द लुहार र बैतडीको दोगडाकेदार गाउँपालिका– की १९ वर्षीया दुलही डम्मरा लावड, बेलौरी नगरपालिका–३ का १४ वर्षीय विशाल चौधरी, सोही ठाउँका २१ वर्षीय हरिष लुहार, बैतडीको दोगडाकेदार गाउँपालिका–८ का १५ वर्षीय शेर लावड, दोगडाकेदार–६ बस्ने २० वर्षीय अर्जुन लुहार घाइते भएको कैलाली प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीक विष्टले जानकारी दिए।
यस्तै, दुर्घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने गोरे लुहार, बेलौरी नगरपालिका–३ बस्ने ७ वर्षीय प्रदीप चौधरी, बेलौरी नगरपालिका–३ का २७ वर्षीय निर्मल चौधरी, २५ वर्षीया राधा चौधरी, दोगडाकेदार गाउँपालिका–६ बस्ने ५० वर्षीय लक्षी लुहार, पुनर्बास नगरपालिका–३ बस्ने २१ वर्षीय राजु कार्की र चालक वीरबहादुर सार्की घाइते भएका छन्।
प्रहरीका अनुसार घाइते १३ जनामध्ये ४ जनाको अवस्था गम्भीर छ। घाइतेहरूको अत्तरियास्थित पदमा अस्पताल र धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मंसिर १८, २०७७ बिहीबार ०९:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।