सिमकोट विमानस्थलमा आगलागी
सिमकोट : हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ।
आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटमा बस्ने बजारवासी, तल्लो गाउँ र माथिल्लो गाउँका नागरिक लागि परेका छन् ।
सर्वसाधारण र सुरक्षा निकायले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगलागी भएको केही समयपछि नियन्त्रणमा लिन नेपाल प्रहरीले माइकिङ गरेसँगै सर्वसाधारणको ठूलो सङ्ख्यामा उपस्थिति रहेको छ । महिला तथा पुरुष आगो नियन्त्रणमा लागि परेका छन् ।
मंसिर १८, २०७७ बिहीबार ०८:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।