पौडेल गिरफ्तारविरुद्ध नेविसंघको प्रदर्शन 

पौडेल गिरफ्तारविरुद्ध नेविसंघको प्रदर्शन 

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा पक्राउ र दुर्व्यवहार गरेको भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ। 

नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय समितिले माइतीघरमा प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा विद्यार्थीहरूले नाराबाजीसमेत गरेका थिए।

तनहुँको पुल उद्घाटनमा जान लागेका नेता पौडेललाई प्रहरीले व्यास नगरपालिका वडा नम्बर १, तालघरेबाट बुधबार दिउँसो पक्राउ गरेको थियो। उनी रिहा भइसकेका छन्।

मंसिर १७, २०७७ बुधबार २२:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।