लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टको योग्यतासम्बन्धी रिट खारेज

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टको योग्यतासम्बन्धी रिट खारेज

काठमाडौं : लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको योग्यता सम्बन्धमा परेको रिट खारेज भएको छ। 

उच्च अदालत पाटनले निवेदकको दाबी नपुग्ने भन्दै बुधबार रिट खारेज गरिदिएको हो। 

उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश नरिश्वर भण्डारीको संयुक्त इजलासले रिट खारेज हुने फैसला गरेको हो।

खुला प्रतिस्पर्धाबाट बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका भट्टको योग्यता नपुग्ने दाबी गर्दै अधिवक्ता जयबहादुर भुजेलले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।          मन्त्रिपरिषदको साउन १९ गतेको बैठकले भट्टलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो।

मंसिर १७, २०७७ बुधबार १९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।