तीन युवालाई दक्षिण अफ्रिकामा बेच्ने पक्राउ
पक्राउ पर्नेमा ताप्लेजुङ, गेंरिडदेन गाउपालिका–४ का ४३ वर्षीय गणेश कुमार लोंवा छन्।
नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले उनलाई काठमाण्डौ, महाराजगञ्जबाट पक्राउ गरेको हो।
ब्यूरोका अनुसार गणेशले तीन युवालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाईदिने प्रलोभनमा पारी गैरकानूनी तवरले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट भारत, दुवई, कतार, साउथ अफ्रिका सम्म पु्रयाएको खुलेको छ।
ती युवालाई शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४–५ महिना सम्म बन्धक बनाई राखेकोसमेत खुलेको श्यूरोले जानकारी दिएको छ।
पीडित युवाहरुल भागेर नेपाली राजदुताबासको समन्वयमा आफन्तहरुको सम्पर्कमा आई नेपाल फिर्ता भएर उजुरी दिएका हुन्।
पक्राउ परेका गणेशविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको ब्यूरोले जनाएको छ।
मंसिर १७, २०७७ बुधबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।