नेपाल–भारत हवाई उडान खुला

नेपाल–भारत हवाई उडान खुला

काठमाडौं : नेपाल–भारत सिधा हवाई उडान खुला हुने भएको छ। 
लकडाउनका कारण बन्द भएको सिधा हवाई उडान खोल्ने सरकारले निर्णय गरेको छ। 

नेपाल सरकारले भारत  उडानका लागि अनुमति दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले उडान खुला गर्ने र एयरलाइन्सलाई सेड्युल पेस गर्न आव्हान गर्नका लागि नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाइसकेको जनाएको छ। 

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले मन्त्रालयको पत्र आएको र अब यरलाइन्सहरुलाई सेड्युल पेस गर्न निर्देशन दिइने जानकारी दिए।
एकतासा भित्र उडान सुरु हसने क्षेत्रीले बताए। नियमित उडान खुलेपछि नेपाल एयरलाइन्सले दैनिक एक उडानको अनुमति पाउने छ भने अरु एयरलाइन्सहरुको टुंगो लागेको छैन। 

काठमाडौंमा उडान गर्न भारतले दुई महिना अघि नै प्रस्ताव पठाएको थियो। 

मंसिर १६, २०७७ मंगलबार १८:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।