बुधबार बस्ने गरी सकियो नेकपा सचिवालय बैठक

बुधबार बस्ने गरी सकियो नेकपा सचिवालय बैठक

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्ने गरी सकिइको छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक करिव तीन घण्टा चलेको थियो।

आजको बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बैठकमा पेश गरेको प्रस्तावमाथि नेताहरुले धारणा राखेका छन्। 

नेकपा सचिवालयमा पत्रमार्फत् जवाफ दिने सिलसिला जारी छ। 

गत कात्तिक २२ गते प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक डाक्न सहमतिको माग गर्दै ओलीलाई पत्र बुझाएका थिए। 

ओलीले बैठक नडाकी कात्तिक २५ गते पत्र लेखेर जवाफ दिएका थिए। त्यसको प्रत्युत्तरमा प्रचण्डले २८ गते अर्को पत्र बुझाएका थिए। 

त्यसको जवाफमा मंसिर १३ गते सचिवालय बैठकमा ओलीले अर्को ३८ पृष्ठको दस्तावेज पेश गरेका थिए। 

मंसिर १६, २०७७ मंगलबार १७:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।