बोर्डका सबै सेवा अनलाईनबाट
काठमाडौं : वैदेशिक रोजगार बोर्डले आफ्ना सबै सेवा आलाईन प्रणालीमा स्तरोन्नती गरेको छ।
यसअघि वैदेशिक रोजगारको उद्धार, आर्थिक सहायता, उपचार खर्च लगायतका सेवा कार्यालयमा नै उपस्थिती भएर लिने अवस्था रहेको थियो।
विदेश जानुअघि श्रमिकले जम्मा गर्नुपर्ने वैदेशिक रोजगार काल्याणकारी कोषको रकमसमेत अब सिधै अनलाईन भुक्तानी प्रदायकमार्फत बोर्डको खातामा जम्मा हुने छ।
आर्थिक सहायता, अंगभंग, छात्रवृत्ति, अलपत्र कामदारको उद्धार लगायतका सबै काम स्थानीय तहको अनलाईनमार्फत नै निवेदन लिने र आर्थिक सहायता सेवाग्राहीको र्बैंक खातामा जम्मा गर्ने गरेको बोर्डले जनाएको छ।
कल्याणकारी कोषको रकम र बीमावापतको भुक्तानी ईसेवा फोन पे र स्प्यारो पे प्रा.लिं तथा बीमाको लागि सन नेपाल लाईफ इन्सुरेन्स कम्पनीमार्फत अनलाईन सेवा लिन सकिने बोर्डले जनाएको छ।
दसैं पछि बोर्डले कार्यालयमा भौतिक रुपमा उपस्थिती नभई १० करोड रुपैयाँ बराबरको आर्थिक सहायता सेवाग्राहीलाई प्रदान गरिसकेको छ।
अनलाईन सेवा औपचारिक रुपमा डिसेम्बर १८ सम्म लन्च गर्ने तयारी रहेका पनि बोर्डले जानकारी दिएको छ।
मंसिर १६, २०७७ मंगलबार १५:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।