बालयौन दूराचारको आरोपमा फ्रेन्च नागरिक पक्राउ
काठमाडौं : पोखरामा बसेर बालयौन दूराचारको आरोपमा प्रहरीले एक फ्रेन्च नागरिकलाई पक्राउ गरेको छ।
६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई सोमबार पोखरा महानगरपालिका–१७ बरौता पावर हाउस फुर्सेखोला बगर किनारबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जानकारी दिएको छ।
उनले १२ वर्ष, ८ वर्ष र ७ वर्षका गरी ३ नाबालकलाई बाल यौन दूराचार गरिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।
उनीविरुद्ध बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए।
उद्धार गरिएका नाबालकलाई भने अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
कम्प्यूटर इन्जिनियर ती फ्रान्सेली नागरिक गैर पर्यटकीय भिसामा नेपाल आई पोखरा महानगरपालिका खहरेमा बस्दै आएका थिए ।
मंसिर १६, २०७७ मंगलबार १४:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।