बालकुमारीको फोहोरमैला व्यवस्थापन केन्द्रमा भिषण आगलागी
ललितपुर : बालकुमारीस्थित फोहोरमैला व्यवस्थापन केन्द्रमा भिषण आगलागी भएको छ।
बालकुमारी पुलको बायाँतर्फ रहेको फोहारमैला व्यवस्थापन केन्द्रमा आगलागी भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शुसिलकुमार यादवका अनुसार सुरक्षा गार्ड बस्ने स्थानबाट आगलागी भएको प्रारम्भिक जानकारी आएको उकेरालाई जानकारी दिए।
‘घटनास्थलमा दमकल प्रयोग गरी आगो निभाउने प्रयास भईरहेको छ। आगलागि नियन्त्रणमा आउने क्रममा छ। मानविय र भौतिक क्षतिबारे जानकारी आईसकेको छैन।’ एसएसपी यादवले भने। आगलागीको कारण पनि खुल्न नसकेको प्रहरीले जनाएको छ।
कात्तिक २८, २०७७ शुक्रबार १४:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।