बैतडी बस दुर्घटना : मृतकमध्ये ६ जनाको सनाखत
काठमाडौं : बैतडीमा गए राति भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये ७ जनाको सनाखत भएको छ।
दुर्घटनामा ज्यान गुमाउनेमा दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर र काठमाडौंका रहेका छन् । ज्यान गुमाउनेमा बैतडीको दोगडाकेदार-६ का प्रहरी जवान रणबहादुर चन्दको परिचय पत्रका आधारमा सनाखत भएको हो। मृत्यु हुनेमा कन्चनपुरको भिमदत्त नगरपालिका-८ की कृतिका कार्की, अन्य ठेगाना नखुलेका नरेन्द्र चौधरी, जगन्नाथ ओझा, बिमल बडु, तारा गिरीको रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
दुर्घटनामा घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
घाइते हुनेमा वीरबहादुर कार्की, बिमला कुँवर, नितेश कुँवर, दिपा चन्द, बिमला बडु, अशोक जोशी, जनक धानुक, धनसिंह खत्री, जानकी सिंह, लोकेन्द्र बोहरा, अमृत कुमाल, दिनेश चौधरी, विशाल धर्तीमगर, कर्णबहादुर बिष्ट छन्।
यस्तै, अस्मीता बिष्ट, नरेश पन्त, बलदेवसिंह कार्की, यज्ञराज कठायत, नरेन्द्र साउद, वीरेन्द्र चौधरी, लोकेन्द्र बस्नेत, सुरज लोहार, दशरथ गिरी, नरमादेवी धामी, अमृत विक, पुरन टमटा, अजी लामा, कल्पना कार्की, कौशल साउद, वेदप्रकाश धामी, रमेश खत्री र सिम्रन सिंह पनि घाइते भएका छन्।
प्रहरी र स्थानीय मिलेर राती नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक नारायण अधिकारीले जानकारी दिए। उक्त बसमा ४५ जनाभन्दा बढी सवार रहेको बताइएको छ।
बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्ना देखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस बिहिबार राति खोड्पेमा भीरबाट खसेको थियो ।
कात्तिक २८, २०७७ शुक्रबार ०९:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।