असइको पाठ्यक्रम निर्माणसम्बन्धी कार्यशाला 

असइको पाठ्यक्रम निर्माणसम्बन्धी कार्यशाला 

गोष्ठीको प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रधुम्न कुमार कार्कीले उद्घाटन गरे। 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले पाठ्यक्रमको म्यानुअललाई अन्तिमरुप दिन गोष्ठीको आयोजना गरिएको जानकारी दिँदै म्यानुअलले उक्त तालिमलाई सहज तरिकाले अगाडि बढाउन मद्दत पुर्याउने बताए।

यसले नेपाल प्रहरीको प्रशिक्षण कार्यको लामो इतिहासलाई व्यवसायिक र निश्चित फर्म्याटमा रहेर सबै प्रशिक्षण संस्थामा एकै प्रकारको व्यवसायिक तालिम प्रदान गर्ने उनको विश्वास थियो।

सो अवसरमा काठमाडौं युनिभर्सिटी स्कूल अफ एजुकेशनका एसोसिएट डिन प्रा.डा. लक्ष्मण ज्ञवालीले म्यानुअल निर्माण प्रक्रियाबारे जानकारी दिँदै प्रहरी सहायक निरीक्षक आधारभूत तालिम प्रदायकलाई विस्तृत रुपमा निर्माण भएको यस म्यानुअलले पूर्ण सहयोग गर्ने बताए। 

कार्यशाला गोष्ठीमा  २० जना प्रहरी अधिकृतहरू सहभागि छन्।

कात्तिक २७, २०७७ बिहीबार १५:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।