सेनाका अमलदारको भिरबाट लडेर ज्यान गयो

सेनाका अमलदारको भिरबाट लडेर ज्यान गयो

ब्यारेक फर्कने क्रममा बुधबार राति कञ्चनपुर घर भएका नेपाली सेनाका अमलदार निर्मल बोहराको मृत्यु भएको हो।

सेनाका अनुसार घर विदामा गएका बोहराले जाजरकोटस्थित मालिका ब्यारेकमा बुधवार दिउसो आफु आउँदै गरेको जानकारी गराएका थिए।

बेलुका ब्यारेक पुगेका बोहरालाई सेनाको चेक प्वाईन्टले मादक पदार्थ सेवन गरेको भन्दै प्रवेशमा रोक लगाएको थियो।

अफ्ठयारो बाटोबाट रातिको समयमा ब्यारेक जान खोज्दा लडेर घाइते अवस्थामा यातायातब्यवसायीले उनलाई उद्धार गरेर जिल्ला अस्पताल पुर्याएका थिए। चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

नेपाली सेनाका सहसेनानी अमरदीप कार्कीले घटनाबारे प्रहरीले जानकारी दिएको बताए।

कात्तिक २७, २०७७ बिहीबार १३:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।