महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव ज्ञवाली

महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव ज्ञवाली

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकामा नै कार्यरत सहसचिव ज्ञवालीलाई सो जिम्मेवारी दिएको हो।

सरकारले महानगरमा राजपत्रांकित विशिष्ट श्रेणी (सचिव) को दरबन्दी काटेर राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) लाई प्रमुख प्रशासकीय अधिकृत कायम गर्ने प्रस्ताव पारित गरे थियो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता तथा सहसचिव बसन्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयसँगै सहसचिवलाई प्रशासकिय अधिकृतको जिम्मेवारी दिईएको बताए।

‘महानगरपालिकाबाट कार्यप्रकृति र कार्यबोझका आधारमा सहसचिवसँग समन्वय गर्न सहज हुने भन्दै आग्रह आएपछि मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषद् लगेको थियो।’

यसअघि महानगरको प्रमुख कार्यकारी अधिकृत पदमा सचिव एकनारायण अर्याल कार्यरत थिए। अर्याल हाल सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारीमा छन। 

कात्तिक २७, २०७७ बिहीबार १३:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।