प्रेम सम्बन्धकै कारण युवतीको गोली हानी हत्या

प्रेम सम्बन्धकै कारण युवतीको गोली हानी हत्या

माधवनारायण नगरपालिका–७ लौकाहा टोलका राम अयोध्या साह तेलीको छोरी १७ वर्षीया अमृता कुमारी साहको गयराति गोली हानी हत्या गरिएको हो।

माईतिघरमा आमासंग सुतिरहेको अवस्थामा अमृताको अत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

आमा ट्वाईलेट गएको समयमा अज्ञात व्यक्तिहरु घरमा पसि दाहिने पट्टिको कन्चटमा गोली हानेर फरार भएको डिएसपी भरत श्रेष्ठले जानकारी दिए।

प्रारम्भिक अनुसन्धान अनुसार प्रेम सम्बन्धकै कारण अमृताको अत्या भएको खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक शिद्धी विक्रम शाहले जानकारी दिए।

‘प्रेम सम्बन्धकै कारण उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’ शाहले भने,‘हत्यामा संलग्नको पहिचानसमेत भैसकेको छ।’ 

घटनामा ३–४ जना सम्मको संलग्नता हुन सक्ने देखिएको शाहले सुनाए। उनीहरु फरार रहेकोसमेत बताए।

अमृताको २०७५ फागुन २५ मा सर्लाहीको विष्णुपुर गाउँपालिका मधुवनगोठका सोहन भनिने रुपेश साहसँग मागी विवाह भएको थियो।तर, वैवाहिक सम्बन्धमा शंकट उत्पन्न भएपछि दुवैले गत साउनमा सम्बन्ध विच्छेद गरेका थिए।

गत वैशाखमा अमृतका पति रुपेशमाथि चक्कु प्रहार थियो। चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनी ३ महिनासम्मको उपचारपछि साउनमा निको भएका थिए । त्यसपछि २०७७ साउन २५ मा अमृता र रुपेशबीच जिल्ला अदालत सर्लाहीमा सम्बन्ध विच्छेद भएको थियो।

सम्बन्ध विच्छेदपछि अमृता माइतीमा नै बस्दै आएकी थिइन्।

प्रहरीले शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल गौरमा पठाई थप अनुसन्धान कार्य भईरहेको जनाएको छ। 

कात्तिक २७, २०७७ बिहीबार १२:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।