मलेसियामा नेपाली युवकबाट युवतीको हत्या

मलेसियामा नेपाली युवकबाट युवतीको हत्या

मलेसियाको सेलेङ्गर शहरमा भारतको सिक्किममा घर भएकी नेपाली राहदानी बाहक आइतमाया मगरको बुधबार हत्या गरेको प्रहरीको भनाइ छ। 

मृतक युवती स्थानीय दर्शन नमस्ते रेष्टुरेन्टमा कार्यरत थिइन्। 

प्रहरीका अनुसार त्यस रेष्टुरेन्टमा ग्राहक बनेर गएका ती युवकले सामान्य विवाद  हुँदा युवतीमाथि छुरा हानेका थिए। 

हत्या गर्ने युवकको भने परिचय गोप्य राखिएको छ। तर, हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ भने मृतक युवतीको शव पोष्टमार्टमको लागि अस्पताल लगिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

कात्तिक २७, २०७७ बिहीबार ११:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।