सदस्यहरुको निरन्तरको दबाबपछि ओलीले डाके सचिवालय बैठक
बहुमत सचिवालय सदस्यहरुले पटक–पटक बैठक बोलाउन दबाब दिएपछि प्रधानमन्त्री ओलीले शुक्रबारका लागि बैठक बोलाएका हुन्।
दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले प्रधानमन्त्रीले शुक्रबार दिउँसो ४ बजे बैठक बोलाएको जानकारी दिए।
प्रधानमन्त्री अोलीले महासचिव विष्णु पौडेलमार्फत बैठक आह्वान गरेका हुन्। नेकपामा अध्यक्षको सहमतिपछि महासचिवमार्फत सचिवालय बैठक बोलाउने प्रावधान रहेको छ।
दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बोलाउन प्रधानमन्त्रीलाई लिखित तथा मौखिक रुपमा आग्रह गर्दै आएका थिए।
कात्तिक २७, २०७७ बिहीबार ११:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।