प्रधानमन्त्रीको ट्वीटर ह्याण्डल दुरुपयोग
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्यान्डल उनकै प्रेस सल्लाहकारबाट दुरुपयोग भएको छ।
ओलीका प्रेस सल्लाहकार थापाले ट्वीटर ह्याण्डल दुरुपयोग गरेका हुन्। थापाले आफ्नो व्यक्तिगत ह्यान्डलबाट लेख्नु पर्ने ट्वीट प्रधानमन्त्रीको ह्यान्डलबाट लेखेका छन्।
थापाले प्रधानमन्त्री ओलीको ट्वीटर ह्यान्डल @kpsharmaoli बाट 'नयाँ व्यावसायिक यात्रामा अघि बढ्न मात्रिका पौडेलजीलाई सफलताको अग्रिम शुभकामना लेखेका छन्। हामी दुबैले कोरोना संक्रमण जितेपछिको पहिलो भेटमा उहाँले खुशी हुने योजना सुनाउनु हुँदा दुबै जना दग... ।' भन्ने पोस्ट भएको छ।
हालै मात्र अनलाइनखबरबाट बाहिरिएका पत्रकार मात्रिका पौडेलसंगैको फोटोसहित थापाले उक्त ट्वीट गरेका छन्।
यसअघि पनि @PM_Nepal भन्ने प्रधानमन्त्री ओलीको ट्वीटर ह्यान्डल सचिवालयबाट दुरुपयोग भएको थियो। भारतीय कांग्रेस आइकी नेतृ सोनिया गान्धीले भारतीय नागरिकता विधेयकको विरोध गरेको ट्वीट @PM_Nepal ह्यान्डलबाट रिट्वीट भएको थियो।
कात्तिक २५, २०७७ मंगलबार २२:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।