७० करोड अडियो काण्डका यस्ता छन् २२ वटा प्रमाण (प्रतिउत्तरसहित)

७० करोड अडियो काण्डका यस्ता छन् २२ वटा प्रमाण (प्रतिउत्तरसहित)

काठमाडौं : सेक्युरिटी प्रेस खरिद गर्दा तत्कालिन सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बास्कोटाले ७० करोड कमिशन मागेको अडियो सार्वजनिक गर्ने विजय मिश्रले काठमाडौं जिल्ला अदालतमा आफ्नो प्रतिउत्तर बुझाएका छन्।
 

मन्त्री बास्कोटाले घुसको मोलमोलाई गरेको अडियोसहितको डिभाइस र सो प्रकरणमा झण्डै १४ अर्ब रुपैया भ्रष्टाचार गर्न अपनाइएका अनियमितताका दर्जनौ प्रमाणसहित मिश्रले काठमाडौं जिल्ला अदालतमा मंगलबार प्रतिउत्तर पेश गरेका हुन्।

व्यवसायी मिश्रका तर्फबाट कामनपा १२ बस्ने आजाद कार्कीले मंगलबार सो डिभाइससहित २२ वटा प्रमाण जिल्ला अदालतमा बुझाएका छन्।
सेक्युरिटी प्रेस खरिदमा आफूलाई ७० करोड कमिशन मागेको रेकर्ड सार्वजनिक भएपछि बास्कोटाले सो रेकर्ड सार्वजनिक गरेको भन्दै मिश्रविरुद्ध विद्युतिय तथा आम संचारका माध्यमहरु बाट झुठा लान्छना लगाई गाली वेइज्जती गरेको विषयमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।

त्यसैको प्रत्युत्तरमा मिश्रले सो डिभाइससहितका भ्रष्टाचार गर्न गरिएका नियोजित रुपमा चालिएका कदम र प्रमाणहरुको पोको अदालतमा पेश गरेका छन्।

अडियो सार्वजनिक भएपछि बास्कोटा मन्त्रीबाट राजिनामा दिन बाध्य भएका थिए।

यस्तो छ प्रतिउत्तर 

 

 

 

कात्तिक २५, २०७७ मंगलबार १७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।