ओलीमाथि कारबाही गर्ने तयारी भैरहेको संकेत पाएँ : बाँस्कोटा

ओलीमाथि कारबाही गर्ने तयारी भैरहेको संकेत पाएँ :  बाँस्कोटा

काठमाडौं : पूर्वमन्त्री गोकुल  बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा अोलीमाथि कारबाहीको तयारी भएको संकेत पाएको बताएका छन्।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदसमेत रहेका  बाँस्कोटाले मंगलबार सामाजिक सञ्जालमार्फत १५ दिनभित्र प्रधानमन्त्री पानी पनि पिउन नमिल्ने गरी कारबाहीको तयारी भएको बताएका हुन्।

प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिएका बाँस्कोटाले उनीमाथि कारबाही भए प्रतिरक्षा गर्न तयार भएको बताएका छन्।
‘जीम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कारवाही गर्ने तयारी छ रे। पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब।’

गत शनिबार बहुमत सचिवालय सदस्यहरुले प्रधानमन्त्री ओलीलाई बैठक बोलाउन आग्रह गरेका थिए। 

अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बोलाउन आग्रह गरेका थिए।

कात्तिक २५, २०७७ मंगलबार ११:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।