बिल र कागजात नभएका ३८ थान मोबाइलसहित पक्राउ
काठमाडौं : नागार्जुन नगरपालिका–३ बस्ने २८ वर्षीय आषिक श्रेष्ठलाई करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको बिना बिल तथा कागजातका विभिन्न कम्पनीका ३८ थान मोबाइलसहित प्रहरीले पक्राउ गरेको छ।
नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख २२८७ नम्बरको बसलाई चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गामा महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा लुकाई ल्याउँदै गरेका उक्त मोबाइल फेला पारी नियन्त्रणमा लिएको थियो ।
थप अनुसन्धान गर्ने क्रममा उक्त मोबाइलहरु श्रेष्ठको रहेको खुलेपश्चात महानगरीय प्रहरी वृत्त थानकोट र उक्त प्रभागबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट पक्राउ गरेको हो।
बरामद मोबाइल सहित श्रेष्ठलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय सानो गौचर काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।
कात्तिक २४, २०७७ सोमबार १२:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।