स्रोत नखुलेको १६ लाख सहित पक्राउ
पर्सा : वीरगंज महानगरपालिका–८ माईस्थानचोकबाट स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँ सहित भारत रक्सौल पुर्वी चम्पारण–१० बस्ने ५० वर्षीय कृष्ण कुमार जैनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको ना.६४ प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा रकम फेला परेको हो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
कात्तिक २४, २०७७ सोमबार १२:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।