हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त

हितेन्द्रदेव शाक्य  विद्युत  प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।

अर्को व्यवस्था नभएसम्मका लागि भन्दै मन्त्रालयले शाक्यलाई सोमबार निमित्त प्रमुख कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो। 

उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो। 

ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए।

यसअघिका निमित्त कार्यकारी निर्देशक रहेका कोइराला शाक्यभन्दा कनिष्ठ उपकार्यकारी निर्देशक थिए। 

शाक्य र कोइरालाको एउटै ब्याचमा १२औं तहका लागि बढुवा भएपनि ११ औं तहमा शाक्यको बढुवा कोइरालाको भन्दा छिटो भएको थियो। त्यसैले बरिष्ठतामा शाक्य कोइरालाभन्दा माथि छन्।

प्राधिकरणका अनुसार शाक्यको आजै पदबाहाली हुने तयारी थालिएको छ। 

कात्तिक २४, २०७७ सोमबार १२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।