सहकारीहरुलाई पुष मसान्तभित्र साधारण सभा सक्न निर्देशन

सहकारीहरुलाई पुष मसान्तभित्र साधारण सभा सक्न निर्देशन

काठमाडौंः काठमाडौं महानगरपालिकाको सहकारी बिभागले पुष मसान्तभित्र साधारण सभा सम्पन्न गर्न निर्देशन दिएको छ। 

महानगरभत्र कार्य क्षेत्र भएका सहकारीहरुलाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै साधारण सभा सम्पन्न गर्न सार्वजनिक सूचनामार्फत आग्रह गरेको हो । 

विभागलेसाधारण सभा सम्पन्न गरी १५ दिनभित्र महानगरमा प्रतिवेदन पठाउन सहकारीहरुलाई आग्रह गरेको छ।

सहकारीहरुले साधारण सभा (कार्यव्यवस्था निर्देशिका २०७६) बमोजिम गणपृुरक संख्या पुर्याएर मात्र साधारण सभा गर्नुपर्नेछ । यसका आधारभूत आधारका बारेमा जानकारी दिँदै सहञ्चालक समिति र लेखा समितिका प्रतिवेदनहरुमा पर्याप्त छलफल गराउनु पर्छ । यसैगरी यस्ता समितिहरुको निर्वाचन गर्नुपर्ने भए प्रचलित कानुन, मापदण्ड र विनियमबमोजिम योग्यता पुगेको सदस्यहरुकाबीच निर्वाचन गराउनुपर्छ ।’

‘सहकारीका सदस्यहरुको भूमिकालाई साधारण सभामा सक्रिय बनाउन र बित्तिय अनुशासनलाई मर्यादित बनाउन हामीले साधारण सभाका लागि आग्रह गरेका हौं।’ विभागका उपनिर्देशक सुमन अधिकारीले भने,‘हामीले साधारण सभामा पालना गर्नु पर्ने र प्रतिवेदनमा उल्लेख गर्नु पर्ने आधारभूत कुरालाई बुँदा र तालिकामा दिएका छौं । यसले सूचना संकलनमा एकरुपता कायम हुनेछ।’

कात्तिक २३, २०७७ आइतबार २०:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।