ओली–नेपाल भेटवार्ता, कुनै सहमति नभएको दाबी
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग वरिष्ठ नेता माधवकुमार नेपालसहितका चार नेताबीच आइतबार करिव सवा तीन घण्टा भेटवार्ता भएको छ।
बालुवाटारमा पाँच जना नेताहरुकाबीच पार्टीको विवादका बिषयमा छलफल भएको बुझिएको छ।
पार्टी स्थायी समिति सदस्य डा.भीमबहादुर रावलले पार्टीभित्र उत्पन्न समस्याका बारेमा छलफल भएको बताए।
‘पार्टीभित्र उत्पन्न विवाद के कसो हो भनेर विचार आदानप्रदान भएपनि ठोस कुरा केही भएन’ बैठकमा सहभागी नेता राववले भने।
बैठकमा सहभागी सबै नेताको राय समस्या समाधान गरौं भन्ने नै रहेको उनले बताए।
भेटमा नेता नेपाल र रावलसहित सुरेन्द्र पाण्डे रघुजी पन्त सहभागी थिए।
शनिबारमात्रै कार्यकारी अध्यक्ष प्रचण्ड र नेता नेपालसहित पाँचजना सचिवालय सदस्यले ओलीलाई बैठक बोलाउन लिखित पत्र बुझाएका थिए।
कात्तिक २३, २०७७ आइतबार १७:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।