मंगलबार उपत्यकाको मौसम बदली हुने

मंगलबार उपत्यकाको मौसम बदली हुने

काठमाडौं : मंगलबार उपत्यका लगायत देशका पहाडी भू–भागमा मौसममा बदलाव देखिने भएको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले गरेको मौसम विश्लेषण अनुसार पश्चिमी वायूको प्रभावका कारण पहाडी भू–भागमा आंशिक बदलीसहित हल्का बर्षाको सम्भावना देखिएको हो।  

महाशाखाको पूर्वानुमान अनुसार अन्य दिनको तुलनामा मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भु–भागका  केही स्थानमा हल्का बर्षाको सम्भावना छ ।

महाशाखाकी मौसमविद् विभुति पोखरेलले पश्चिमी वायूको प्रभाव बढी पर्ने भएसँगै मंगलवार सामान्य बर्षाको सम्भावना रहेको बताईन।
‘ठूलो बर्षाको सम्भावना छैन। यसले मौसममा ठूलो वदलाव ल्याँउदैन’ उनले भनिन। मौसम क्रमिक रुपमा चिसोको मात्रा बढ्ने क्रममा रहेको विभागले जनाएको छ। 

आइतबार महाशाखाले विहानको समयमा ८.७ डिग्रि सेल्सियस तापक्रम मापन गरिएको जनाएको छ।त्यस्तै  दिँउसो २ बजेको समयमा २३ डिग्रिसेल्सियस तापक्रम मापन गरिएको छ। ‘तापक्रम घट्दै जाने क्रममा रहेको मौसमविद् पोखरेलले जानकारी दिईन। 

शनिबार उपत्यकालगायतका स्थानमा एक्कासी चिसोको महसुस भएको थियो। यो सामान्य मौसम बदलावको प्रकृया रहेको विभागले जानकारी दिएको छ।

कात्तिक २३, २०७७ आइतबार १४:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।