मोटरसाइकल चोरी गर्ने ७ जना पक्राउ

मोटरसाइकल चोरी गर्ने ७ जना पक्राउ

काठमाडौं : जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवनले मोटरसाइकल चोरी गर्ने ७ जनालाई पक्राउ गरेको छ।

चितवन प्रहरीका अनुसार विभिन्न मितिमा चितवन प्रहरीका अनुसार भरतपुर महानगरपालिकास्थित भाटभटेनी सुपर स्टोर अगाडी, कटहर चोक, नहरचोक पावर हाउस चोक, बिक्रममार्ग लगायत जिल्लाका विभिन्न स्थानहरुबाट मोटरसाइकलहरू चोरी भएको घटनाहरुको अनुसन्धानबाट उनीहरुलाई पक्राउ गरिएको हो।

प्रवक्ता प्रहरी नायव उपरिक्षक सूर्यबहादुर थापाले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा मोटरसाइकल चोरी गर्नेदेखि बेचसिवखन गर्नेहरु रहेका छन।

पक्राउ पर्नेहरुमा बारा करैयामाई घर भई चितवन खैरहनी नगरपालिका वडा नं.९ बस्ने वर्ष २८ का बिजय चौधरी,बारा करैयामाई घर भई भरतपुर महानगरपालिका –३ बस्ने १९ बर्षका राकेश चौधरी,बारा कोल्हवी नगरपालिका –७ का २४ बर्षिय महेश चौधरी,भरतपुर –११ बस्ने २६ बर्षिय दिनेश गुरूङ,भरतपुरका २५ बर्षिय मनोज दराई रहेका छन।

त्यस्तै, चोरीका मोटरसाइकल किन्ने खैरहनी नगरपालिका –१२ बस्ने वर्ष २४ का समिर चौधरी र खैरहनी –१२ बस्ने वर्ष २८ का अमृत चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनीहरुको साथबाट मोटरसाइकल र चोरी गर्न प्रयोग गरिएका औजारहरु,नक्कली नम्बरप्लेट,अन्य पार्टपुर्जा,लक तोड्ने साँचो, साँचो बनाउने मेसिन र मोटरसाइलकहरु बरामद गरिएको चितवन प्रहरीले जानकारी दिएको छ।

चोरी भएका मोटरसाइकलहरु र चोरीमा संलग्न शंकास्पद व्यक्तिहरुको पहिचान एवं खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको बिषेश प्रहरी टोलीले उनीहरुश्रलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २० को चोरी तथा डाँका सम्बन्धी कसुर अन्तरगत दफा २४१ उपदफा १, २ बमोजिम कसुर अन्र्तगत कारवाही सुरु गरिएको छ।

संहितामा ३ वर्ष कैद र तीस हजार रुपैयासम्म जरिवाना सजाय र चोरी गरेको बस्तु वा सम्पत्ती जानीजानी किन्ने बेच्नेलाई थप १ बर्ष कैद वा दश हजार जरिवाना वा दुबै सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको छ।

कात्तिक २३, २०७७ आइतबार १३:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।