हात्तीको आक्रमणबाट मृत्यु
चितवन : रत्ननगर नगरपालिका–६ बस्ने रौतहट चन्द्रपुर गैडाटार घर भएका ३६ वर्षीय हंसराज कुँवरको हात्तीको आक्रमणबाट शनिबार दिउँसो मृत्यु भएको छ।
सोही ठाउँस्थित एनसिएन संघको पालुवा हात्तीलाई राष्ट्रिय निकुञ्जभित्र चराउन जाने क्रममा हात्तीको आक्रमणबाट कुँवरको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे अनुसन्त्रान भईरहेको चितवन प्रहरीले जनाएको छ।
कात्तिक २३, २०७७ आइतबार १३:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।