अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई प्रधानमन्त्री ओलीले दिए बधाई
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन्।
प्रधानमन्त्री ओलीले आइतबार बिहान आफ्नो ट्विटर ह्याण्डलबाट दुवै जनालाई बधाई दिएका हुन्। उनले वाइडेन र ह्यारिसलाई ट्विटमा मेन्सन गर्दै लेखेका छन्, ‘सानदार र ऐतिहासिक जितका लागि तपाईंहरुलाई बधाई। दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन अमेरिकाको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने आशा व्यक्त गर्छु।’
रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टी उम्मेदवार रहेका बाइडेन राष्ट्रपति पदमा निर्वाचित भएका हुन्। बाइडनकै तर्फबाट उपराष्ट्रपति पदमा कमला ह्यारिस निर्वाचित भएकी छन्।
कात्तिक २३, २०७७ आइतबार १२:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।