जिप दुर्घटनामा एकको मृत्यु

जिप दुर्घटनामा एकको मृत्यु
फाइल तस्विर

बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाकोे दोगडाकेदार गाउँपालिका वडा नम्बर २ टाकगाउँ भन्ने ठाउँमा शनिबार राति पौने ८ बजे जिप दुर्घटना हुदाँ ३२ वर्षका बीर बहादुर कुवरको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष दामोदर महराले जानकारी दिए। मृतक कुँवर जिप साहु हुन। दुर्घटनामा परी दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका जिप चालक दीपक चन्द समान्य घाइते भएका छन्। दोगडाकेदार गाउँपालिका-२ सिल्लेगडाबाट कफलकोट तर्फ गईरहेको ग १ ज ५१९२ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो। उक्त जिपमा दुई जना मात्रै सवार रहेको प्रहरीले जनाएको छ। जिप सडकबाट ६०-७० मिटर तल खसेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पातल बैतडी लगिएको वडा अध्यक्ष महराले बताए। जिप दुर्घटनाको कारण भने खुल्न सकेको छैन्। घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कात्तिक २२, २०७७ शनिबार २१:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।