ओली पक्षका नेपाल पराजित

ओली पक्षका नेपाल पराजित

काठमाडौं : न्याय परिषदको सदस्य पदका लागि नेपाल बार एशोसिएसनले मतदानबाट नाम छनोट गरेको छ।

बारको तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यका लागि शनिबार भएको चुनावमा रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद थियो ।

ओली समूहले महेश नेपालको नाम अघि सारेको थियो। मतदानमा श्रेष्ठले १३ मत पाउँदा नेपालले १० मत मात्र पाएका छन्।

यसअघि परिषद सदस्य सिफारिस भएर पनि दुई महिनाभन्दा बढी काम गर्न नपाएको र वरिष्ठ पनि भएकाले श्रेष्ठलाई पठाउनु पर्ने प्रचण्ड र नेपाल पक्षको तर्क थियो। तर, ओली पक्ष त्यसमा सहमत नभएपछि मतदान गर्नुपरेको थियो।

न्यायपरिषद सदस्य बन्न पाइने एकजनाको कोटामा ३२ जना वकिलहरु आंकाक्षी थिए । बारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्चश्व छ।

कात्तिक २२, २०७७ शनिबार १९:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।