छिमेकीको हत्या अभियोग लागेका युवक प्रहरी हिरासतमा 

छिमेकीको हत्या अभियोग लागेका युवक प्रहरी हिरासतमा 

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकमा छिमेकीको हत्या अभियोग लागेका युवक पक्राउ परेका छन्।

जिल्लाको रोशी गाउँपालिका–११, भैँसेडाँडा बस्ने २५ वर्षीय सुब्बा बिसुङ्खेको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय सन्तोष नेपालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार बिसुङ्खेले सोही ठाउँ बस्ने ५५ वर्षीय खड्गबहादुर नेपालीलाई बञ्चरो प्रहार गरी गम्भीर घाइते बनाएपछि सन्तोषले उनीमाथि ढुंगा प्रहार गरेका थिए। ढुंगा प्रहारबाट गम्भीर घाइते बिसुङ्खेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  

यस्तै, खड्गबहादुरलाई पनि उपचारको लागि काठमाडौंस्थित हेम्स अस्पताल लगिएको प्रहरीले जनाएको छ।

कात्तिक २२, २०७७ शनिबार १८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।