लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

ललितपुर : महानगरीय प्रहरी परिसर, ललितपुरले खैरो हिरोइनजस्तो देखिने लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।  

महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार महालक्ष्मी नगरपालिका–१ स्थित खैरो हिरोयनजस्तो देखिने १०१ ग्राम लागुऔषधसहित बाजुरा घर भई ललितपुर, महालक्ष्मी–९, लुभु बस्ने वर्ष २२ वर्षीय बिनिस्था धामी र वर्ष १८ का सुरेश धामीलाई महानगरीय प्रहरी वृत सातदोबाटोबाट खटिएको प्रहरी प्रकाउ गरेको हो। 

घटनाबारे थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष तामाङले जानकारी दिए।
 

कात्तिक २२, २०७७ शनिबार १८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।