ठमेलमा सेन्सरयुक्त आधुनिक सडकबत्ती जडान
काठमाडौं : पर्यटकिय क्षेत्र ठमेलमा धमाधम आधुनिक सडकबत्ती जडान गरिएको छ।
काठमाडौं महानगरपालिका–२६, ठमेल पर्यटन विकास परिषद् र जनसहभागितामा सडकबत्ति जडान गर्न थालिएको हो।
वडाअध्यक्ष ख्यामराज तिवारी वडाले २ लाख ६४ हजार भ्याट बाहेकको तार,वत्ति लगायतका विधुत उपकरण उपलव्ध गराएको र स्थानीयले जडान गरिरहेको बताए।
जडान गरीएका सडकबत्ती सामान्य बल्वलाई ‘सेन्सर’ प्रविधिमा रुपान्तरण गरी जडान गरिएको हो।
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमाज डंगोलले जेपी रोड, भगवान वहाल, अशोक गल्ली, नरसिँह चोक लगायतका स्थानमा जडान गरिएको बताए।
सडकबत्ती जडानको कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।
आधुनिक सडकबत्ती जडान भएसँगै पर्यटक र सर्वसाधारणको आवतजावत सहज र सुरक्षित हुने विश्वास डंगोलले व्यक्त गरे।
कात्तिक २१, २०७७ शुक्रबार १७:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।