पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न संसदीय समितिको निर्देशन    

पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न संसदीय समितिको निर्देशन    

काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले पिसिआर परीक्षण तथा कोरोना संक्रमितको उपचार निःशुल्क गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको शुक्रबार बसेको समितिको यस्तो निर्देशन दिएको समितिका सदस्य सांसद सरिता न्यौपानेले जानकारी दिइन्।

समितिमा उपस्थित सचिव लक्षमण अर्यालले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने जानकारी दिए।

यसअघि सर्वोच्च अदालतले पनि कोरोना संक्रमितको पिसिआर परीक्षण तथा कोरोना संक्रमितको उपचार निःशुल्क गर्न सरकारलाई परमादेश दिएको थियो।

आदेशविरुद्ध सरकारले दायर गरेको पुनरावेदन सर्वोच्चले बुधबार खारेज गरेको थियो।

कोरोना संक्रमित सर्वसाधारणको उपचारबाट पन्छिने गरी असोज १९ को मन्त्रिपरिषदको निर्णयको सर्वत्र विरोध र आलोचना भएको थियो।

बैठकमा सहभागी सांसदहरुले स्वास्थ्य संकट घोषणा गर्न प्रस्ताव गरेको बुझिएको छ।

कात्तिक २१, २०७७ शुक्रबार १५:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।