भारतीय सेनाध्यक्ष नरवणे र प्रधानमन्त्रीबीच शिष्टाचार भेट
काठमाडौं : भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार नरवणे केहीबेर अघि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरिरहेका छन्।
नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह ग्रहण गर्न नेपाल आइपुगेका नरवणेले हिजो मानार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गरेका थिए।
हिजो नै उनले राष्ट्रपतिसँग पनि शिष्टाचार भेट गरेका थिए।
नेपालको तीनदिने औपचारिक भ्रमणमा आएका नरवणे आजै स्वदेश फर्किने कार्यक्रम छ।
कात्तिक २१, २०७७ शुक्रबार १४:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।