नेपाल प्रहरीमा ३६० जनाका लागि जागिर खुल्यो

नेपाल प्रहरीमा ३६० जनाका लागि जागिर खुल्यो

काठमाडौं : नेपाल प्रहरीले तीन सय ६० जनाका लागि नयाँ जागिर खुलाएको छ। 

प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले विभिन्न पदमा गरी तीन सय ६० जनाका लागि शुक्रबार सूचना निकालेर दरखास्त आह्वान गरेको हो।

खुला र समावेशी गरी माली, बगैंचे, भान्छे, हजाम, सिलाइ, बुनाइ, कुचिकार र खेलाडीमा दरखास्त आह्वान गरेको हो।

९ जना माली र बगैंचे, २ सय ६१ जना भान्छे, १० जना हजाम, १५ जना सिलाइ र बुनाइतर्फ, ५० जना कुचिकार र १५ जना खेलाडीका लागि जागिर खुलेको हो।

खेलाडि सहयोगीतर्फ १५ जनामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते, तेक्वान्दो, उसु, ब्याडमिन्टन, बक्सिङ, भारोत्तलन विधातर्फका महिला र पुरूष खेलाडीले मात्रै दरखास्त दिन पाउँनेछन्।

मंसिर २ गतेदेखि पुस ६ गतेभित्र दरखास्त फारम दर्ता गर्ने समय तोकिएको छ। 

खेलाडीतर्फ दरखास्त दिनेले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मात्रै दरखास्त बुझाउन पाउँछन् भने अरूका लागि ७७ जिल्ला प्रहरी कार्यालयबाटै दरखास्त दिन सकिन्छ।

साधारण लेखपढ गर्न सक्नेले दरखास्त दिन पाउँछन्। 

१८ वर्ष पूरा भई २५ वर्ष ननाघेकाले दरखास्त दिन सक्ने प्रहरीले जानकारी दिएको छ।

 

कात्तिक २१, २०७७ शुक्रबार १३:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।