स्रोत नखुलेको ४० लाखसहित एक जना पक्राउ
काठमाडौं : प्रहरीले स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट स्रोत नखुलेको ४० लाख रुपैयाँसहित नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।
बुटवलबाट काठमाडौं आउँदै गरेको लु.१ ख ८६५२ नम्बरको यात्रुबाहक बस महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्दा गुप्तालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
बसमा सवार गुप्तालाई झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थानमा रहेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
कात्तिक २१, २०७७ शुक्रबार १२:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।