कांग्रेसका ६ केन्द्रीय सदस्यलाई कोरोना संक्रमण

कांग्रेसका ६ केन्द्रीय सदस्यलाई कोरोना संक्रमण

काठमाडौं : नेपाली कांग्रेसका ६ केन्द्रीय सदस्यसहित आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत बिहीबार गरिएको पीसीआर परीक्षणमा ६ केन्द्रीय सदस्यमा कोरोना पुष्टि भएको हो।
 

कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले शुक्रबार बिहान आएको परीक्षण रिपोर्टमा ६ केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। 

उनकाअनुसार रिपोर्टमा केन्द्रीय सदस्यसँगै शीर्ष एक नेताको सुरक्षार्थ खटिएका दुई सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ।

कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठकका लागि पीसीआर परीक्षण गरिएको थियो। 

कांग्रेसले कोरोना पुष्टि भएका केन्द्रीय सदस्य र सुरक्षाकर्मीको नाम भने खुलाएको छैन। 

कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले फरमुल्लाह मन्सुर र दिलेन्द्र बडुमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक फेसबुकमा लेखेका छन्। 

यसअघि गत मंसिर १९ गतेका लागि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठकलक्षित गरेर गरिएको परीक्षणका क्रममा पनि कांग्रेसका केही केन्द्रीय सदस्यहरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

आज बस्ने भनिएको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ। 

कात्तिक २१, २०७७ शुक्रबार १२:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।