हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर
गजुरेलका निकट मित्र टंकराज आचार्यका अनुसार संक्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहेका उनको बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो।
उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको बताइएकाे छ। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो। थप उपचारका लागि उनलाई हिजो आईसियूमा सारिएको हो।
आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए।
कात्तिक २१, २०७७ शुक्रबार ०९:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।