७९ वर्षीय पत्रकार बर्माको निधन
किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए। उनले कोरोनाबाट भने विजय प्राप्त गरेको जनाइएको छ। उनले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका थिए। उनी करीब तीन दशकदेखि राससमा कार्यरत छन्।
उनको निधनप्रति नेपाल प्रेस युनियन केन्द्रले दुःख व्यक्त गरेको छ। युनियनका महासचिव अजयबाबु शिवाकोटीले शोक विज्ञप्ति जारी गर्दै प्रेस युनियन, धादिङका संस्थापक अध्यक्ष बर्माको निधनको खवरले स्तव्ध बनाएको उल्लेख गरेका छन्।
उनकी पत्नीको केही दिनअघि निधन भएको थियो।
कात्तिक २१, २०७७ शुक्रबार ०९:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।