भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी
]/राष्ट्रपति कार्यालयमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नरवणेलाई महारथीको दर्ज्यानी चिह्न दिएकी हुन्।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा लगायत दुवै देशका अधिकारीहरू उपस्थित थिए।
नेपाल र भारतबीच एकअर्काे देशको सेनापति मानार्थ सेनापतिको पदवी दिने प्रचलन छ।
त्यसअघि नरवणेले राष्ट्रपति भण्डारी र रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन्।
त्यसअघि नेपाली सेनाले सैनिक मुख्यालयमा नरवणेलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो। सो अवसरमा नरवणेले भारतीय सेनाको तर्फबाट नेपाली सेनाको अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्त्रण गरेका थिए।
यस्तै, नरवणेले समकक्षी एवं प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि सिष्टाचार भेट गरेका छन्। सो अवसरमा नेपाली सेनाले भारतीय सेनालाई नेपालमै बनेको एक लाख मास्क हस्तान्तरण गरेको थियो। .jpg)
भारतीय सेनाध्यक्ष नरवणे तीन दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आएका थिए। उनी शुक्रबार स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
कात्तिक २०, २०७७ बिहीबार १८:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।