१० लाख घुससहित विद्युत प्राधिकरणका इन्जिनियर पक्राउ

१० लाख घुससहित विद्युत प्राधिकरणका इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले घुस लिँदै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा–भरतपुर–बर्दघाट प्रशारण लाइन आयोजनाका प्रमुख इन्जिनियर इश्वरी प्रसाद जैसवाललाई बिहीबार प्रक्राउ गरेको हो।

हेटौंडा–१० बसपार्कस्थित मेगा होटलबाट बिहीबार दिउँसो १० लाख घुस रकमसहित इन्जिनियर जैसवाललाई अख्तियारको टोलीले पक्राउ गरेको हो। अख्तियार हेटौंडा कार्यालयका प्रवक्ता महेश तिम्सिनाले घटनाबारे अनुसन्धान भैरहेको बताए।

कात्तिक २०, २०७७ बिहीबार १७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।